Kathmandu Press

कांग्रेस नेता कोइरालाले गरे मतदान 

कांग्रेस नेता कोइरालाले गरे मतदान 

काठमाडौं, मंसिर ४ : मोरङ क्षेत्र नं ६ का प्रतिनिधिसभाका उम्मेदवार डा शेखर कोइरालाले आदर्श माध्यमिक विद्यालय विराटनगर–७ मा आज बिहान मतदान गरेका छन्। 
    
प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा कोइरालाले सो विद्यालयको ‘ख’ केन्द्रबाट उनले मतदान गरेका हुन् । 

यसैगरी मोरङ क्षेत्र नं ६ बाट प्रतिनिधिसभाका उम्मेदवार लालबाबु पण्डितले विराटनगर–१२ स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको मतदानस्थलमा मतदान गरे।
    
एमालेका केन्द्रीय सदस्य एवं मोरङ क्षेत्र नं ४ बाट प्रतिनिधिसभाका उम्मेदवार विनोद ढकालले विराटनगर–५ कोचाखालस्थित श्री आधारभूत विद्यालयमा मतदान गरेका छन्। मोरङ क्षेत्र नं ४ ‘ख’बाट प्रदेशसभाका उम्मेदवार जीवन घिमिरेले विराटनगर–१० स्थित भानु आधारभूत विद्यालयमा मतदान गरे। 

प्रकाशित मिति: ११:३७ बजे, आइतबार, मंसिर ४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्