Kathmandu Press

काठमाडौं म्याराथनको तयारी पूरा 

काठमाडौं, पुस ३ : प्रो स्पोर्टसको  आयोजनामा शनिबार हुने १३ औं काठमाडौं म्याराथनको सम्पूर्ण तयारी पूरा भएको छ।

आयोजकले बिहीबार पत्र....

काठमाडौं म्याराथनको तयारी पूरा 

काठमाडौं, पुस ३ : प्रो स्पोर्टसको  आयोजनामा शनिबार हुने १३ औं काठमाडौं म्याराथनको सम्पूर्ण तयारी पूरा भएको छ।

आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी १३ औं काठमाडौं म्याराथनको तयारी पूरा भएको जानकारी दिएको हो।

आयोजक संस्थाकी कार्यकारी निर्देशक बाग्मती राईले अफ सिजनमा पनि नेपालमा पर्यटक भित्राउने तथा सन् २०२० लाई नेपाल सरकारले भ्रमण वर्षको रुपमा मनाउने तयारी गरिरहेको अवस्थामा त्यसलाई पनि टेवा पुग्ने उद्देश्यले यो पटक डिसेम्बर महिनामा म्याराथन आयोजना गर्न लागिएको जानकारी दिइन्। 

काठमाडौं उपत्यकालाई म्याराथनमार्फत विश्वमा चर्चित बनाउने र खेल पर्यटनबाट आर्थिक समृद्धिमा सहयोग पुर्‍याउने उद्देश्यले सुरुवात गरिएको काठमाडौं म्याराथन १३ औं संस्करणसम्म आइपुगेको छ।

१२ औं संस्करण सम्म सफलतापूर्वक सम्पन्न गर्दै गर्दा कुनै पनि सरकारी निकाय र उपत्यकाका स्थानिय सरकारले अपनत्व नदिएकोमा यस वर्ष प्रदेश नं. ३ सरकारले यसको जिम्मेवारीका साथ अपनत्व ग्रहण गरेको र काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका तथा ठिमी र भक्तपुर नगरपालिकाले त्यसमा चासो दिँदै आफ्नो तर्फबाट सक्दो सहयोग पुर्‍याउने प्रतिवद्धता जनाएको उनले बताइन्।

म्याराथन प्रतियोगिताका दौरान महिला तथा पुरुष म्याराथन तथा हाफ म्यारथन, कर्पोरेट रिले, ५ कि.मि. खुला दौड, ५ कि.मि. छात्र तथा छात्रा दोड र ३ कि.मि. ह्विलचियर दौड रहेको छ। यस पटक पहिलो पटक युवाहरुलाई लक्षित गर्दै फेमिली रन पनि समावेस गरिएको छ।

नेपालमानै पहिलो पटक टाइम चिप्सलाई प्रयोग गर्न लागिएको आयोजकले बताएको छ। म्याराथन, हाफ म्याराथन तथा ५ कि.मि. दौडका लागि ५ हजार खेलाडीहरु अपेक्षा गरिएको र हालसम्म ५० विदेशी खेलाडीहरुले नाम दर्ता गरिसकेको कार्यकारी निर्देशक राईले बताइन्।

म्याराथनलाई प्रदेश ३ सरकार र काठमाडाैं महानगरपालिकाले ५-५ लाख तथा भक्तपुर नगरपालिकाले १ लाख सहयोग गर्ने जनाइएको छ।

प्रकाशित मिति: १८:१० बजे, बिहीबार, पुस ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्