Kathmandu Press

मतदान गर्न अध्यक्ष दाहाल चितवनमा

मतदान गर्न अध्यक्ष दाहाल चितवनमा

चितवन, मंसिर ३ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आएका छन। आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्नका लागि दाहाल आज नै चितवन आइपुगेका हुन।

उनले चितवन क्षेत्र नं ३ बाट मतदान गर्नेछन। भरतपुर महानगरपालिका– १४ स्थित राष्ट्रिय आधारभूत विद्यालय शान्तिपुर मतदान केन्द्रमा उनले मताधिकार प्रयोग गर्ने माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए।

आम निर्वाचनमा आफ्नो मताधिकारको प्रयोग गर्न अध्यक्ष दाहाल अपराह्न चितवनको भरतपुर विमानस्थल अवतरण भएको अधिकारीले बताए। अध्यक्ष दाहाल बिहानै मतदान गरेर गोरखा जाने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: १९:४१ बजे, शनिबार, मंसिर ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्