मापसे गर्ने मतदान अधिकृत हटाइए

नवलपरासी, मंसिर ३ : पश्चिम नवलपरासीमा मादक पदार्थ सेवन गरी आचरणविपरीतको काम गर्ने थप एक जना मतदान अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ ।
मतदान केन्द्रको तयारीमा खट्नुपर्नेमा बर्दघाट–१३ मा रहेको दुर्गा आधारभूत माविमा खटिएका मतदान अधिकृत श्याममणिप्रसाद मण्डल दिउँसो मादक पदार्थ सेवन गरी मतदान केन्द्रमा निदाएका थिए । उनलाई तत्काल जिम्मेवारीबाट हटाई आवश्यक कारबाहीका लागि प्रहरीले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए।
मण्डल सहायक वन अधिकृत हुन। उनको स्थानमा वैकल्पिक व्यवस्था गरी कर्मचारी खटाइएको छ । दुई दिन अगाडि निर्वाचन सामग्री बुझ्ने दिन पनि एक जना मतदान अधिकृत मादक पदार्थ सेवन गरी निर्वाचन अधिकारीसँग झगडा गर्न खोजेपछि जिम्मेवारीबाट हटाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
प्रकाशित मिति: १९:३६ बजे, शनिबार, मंसिर ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












