थप तीन जनामा कोरोना संक्रमण पुष्टि
देशभर गरिएको ३ सय २२ पिसिआर परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
काठमाडाैं, मंसिर ३ : नेपालमा गत २४ घण्टामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको ३ सय २२ पिसिआर परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस अवधिमा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन भने थप १५ संक्रमित निको भएका छन्। हाल नेपालमा ४ सय ३२ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जानकारी दिएको छ।
प्रकाशित मिति: १६:२० बजे, शनिबार, मंसिर ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार