Kathmandu Press

सुनसरीमा निर्वाचन तयारी पूरा, ५ हजार सुरक्षकर्मी परिचालन

जिल्लामा निर्वाचलाई भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न पाँच हजार दुई सय ७४ सुरक्षाकर्मी र चार हजार सात सय २८ जना कर्मचारी खटाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
सुनसरीमा निर्वाचन तयारी पूरा, ५ हजार सुरक्षकर्मी परिचालन

सुनसरी, मंसिर ३ : आइतबार हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरीमा सम्पूर्ण तयारी पूरा भएको छ।

जिल्लामा निर्वाचलाई भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न पाँच हजार दुई सय ७४ सुरक्षाकर्मी र चार हजार सात सय २८ जना कर्मचारी खटाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

जिल्लामा नेपाल प्रहरी एक हजार पाँच सय ८१, सशस्त्र प्रहरी सात सय ३९, नेपाली सेना चार सय ४०, म्यादी प्रहरी दुई हजार चार सय ९५  र राष्ट्रिय अनुसन्धान विभागबाट १९ जना गरी जम्मा पाँच हजार दुई सय ७४ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

निर्वाचन सम्पन्न गर्न जिल्लामा चार हजार सात सय २८ जना कर्मचारी विभिन्न मतदानस्थलमा खटाइएको छ। यसपटक गत स्थानीय तहको निर्वाचनमा भन्दा मतदाता सङ्ख्या बढेकाले एक सय ६६ मतदानस्थल र १० वटा मतदान केन्द्र थपिएर पाँच सय ९१ पुगेको जिल्ला निर्वाचन कार्यालय सुनसरीका प्रमुख कृष्णप्रसाद पौडेलले बताए।

प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, पाँच सहायक कर्मचारी र एक जना कार्यालय सहयोगी गरी जम्मा आठ जनाका दरले कर्मचारी खटाइएको छ।

यसपटक सुनसरीमा दुई वटा अस्थायी मतदान स्थलको व्यवस्था गरिएको छ। कैदीबन्दीहरूका लागि झुम्का कारागार र जिल्ला अदालत सुनसरीमा अस्थायी मतदान स्थल राखिएको निर्वाचन कार्यालय सुनसरीका प्रमुख अर्जुन अधिकारीले बताए।

प्रकाशित मिति: १०:१६ बजे, शनिबार, मंसिर ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्