Kathmandu Press

निर्वाचनका लागि सिमानाका बन्द 

निर्वाचनका लागि सिमानाका बन्द 

काठमाडौं, मंसिर २ : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सीमा नाका बन्द गरिएको छ ।  आइतबार हुने निर्वाचनलाइ मध्यनजर गरी नेपालसंग जोडिएका सीमा नाका बन्द गरिएको हो । 

यसैक्रममा कपिलवस्तुको कृष्णनगर, चाकरचौडा, मर्जादपुर लगायतका नाकामा आवतजावत गर्ने सवारी साधन रोकिएपनि मतदातालाई भने चेकजाँचका आधारमा आवतजावत गर्न दिइने कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धवेन्द्र कुमार मिश्रले जानकारी दिए। 

निर्वाचन हुनु ७२ घन्टा अघिदेखि स्थीर अवधि शुरु हुने हुँदा प्रचारप्रसार तथा अन्तराष्ट्रिय सिमानाका समेत बन्द हुने नियम छ । ३ लाख ७८ हजार २ सय ३२ मतदाता रहेको कपिलवस्तुमा ३ प्रतिनिधि ६ प्रदेश सभा निर्वाचनका लागी एमाले, सत्ता गठवन्धन, जसपा, लोसपा, राप्रपा, स्वतन्त्र गरी एक सय ४३ उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रकाशित मिति: १७:४२ बजे, शुक्रबार, मंसिर २, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्