Kathmandu Press

तटस्थ पर्यवेक्षण गर्न प्रमुख निर्वाचन आयुक्तको आग्रह 

तटस्थ पर्यवेक्षण गर्न प्रमुख निर्वाचन आयुक्तको आग्रह 

काठमाडौं, मंसिर २ : निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनमा तोकिएको कार्यक्षेत्रमा तटस्थ र व्यावसायिकरुपमा पर्यवेक्षण गर्न आग्रह गरेका छन् । 

शुक्रबार आम निर्वाचन पर्यवेक्षण समितिले काठमाडौंमा गरेको निर्वाचन पूर्व पर्यबेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा थपलियाले पर्यवेक्षणले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि आयोगलाई नै सहयोग पुग्ने भएकाले तटस्थ र व्यावसायिकरुपमा पर्यवेक्षण गर्न आग्रह गरेका हुन् ।

Hardik ivf

पर्यबेक्षणका क्रममा देखिएका त्रुटी लगाएतका बिषय तत्कालै आयोगलाई जानकारी गराए निर्वाचनलाई थप स्वच्छ बनाउन मद्धत पुग्ने उनको भनाई छ । थपलियाले मतदानस्थल र मतदान केन्द्रहरू मतदाताका लागि पहुँचयोग्य र सहज तुल्याइएको जानकारी दिए। त्यस्तै थपलियाले निर्वाचनको शान्त तलाउलाई दुषित बनाउने दुष्साहस नगर्न समेत आग्रह गरे। उनले निर्वाचनलाई सम्पन्न गर्नका लागि कानूनको पालना गर्न समेत आह्वान गर्दै कानूनले कसैलाई ठूलो वा सानो नभन्ने बताए। 

कार्यक्रममा प्रतिवेदन सार्वजनिक गर्दै आम निर्वाचन पर्यवेक्षण समिति जियोकले निर्वाचन पूर्वको अवस्था उत्साहजनक र शान्तिपूर्ण रहेको तथा विगतको तुलनामा सुदृढ रूपमा निर्वाचनको तयारी भएको जनाएको छ । त्यस्तै यसपटकको निर्वाचनमा प्रचार प्रसारका क्रममा बिगतमा तुलनामा दलहरु संयमित भएको देखिएको समेत जियोकले जनाएको छ। 

प्रकाशित मिति: १७:३६ बजे, शुक्रबार, मंसिर २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्