निर्वाचनका लागि सीमा नाका बन्द
आइतबार हुने निर्वाचनलाइ मध्यनजर गरी नेपालसँग जोडिएका सीमा नाका बन्द गरिएको हो।काठमाडाैं, मंसिर २ : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सीमा नाका बन्द गरिएको छ।
आइतबार हुने निर्वाचनलाइ मध्यनजर गरी नेपालसँग जोडिएका सीमा नाका बन्द गरिएको हो।
यसैक्रममा कपिलवस्तुको कृष्णनगर, चाकरचौडा, मर्जादपुर लगायतका नाकामा आवतजावत गर्ने सवारी साधन रोकिएपनि मतदातालाई भने चेकजाँचका आधारमा आवतजावत गर्न दिइने कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धवेन्द्र कुमार मिश्रले जानकारी दिए।
निर्वाचन हुनु ७२ घन्टा अघिदेखि स्थीर अवधि शुरु हुने हुँदा प्रचारप्रसार तथा अन्तराष्ट्रिय सिमानाका समेत बन्द हुने नियम छ।
३ लाख ७८ हजार २ सय ३२ मतदाता रहेको कपिलवस्तुमा ३ प्रतिनिधि ६ प्रदेश सभा निर्वाचनका लागी एमाले, सत्ता गठवन्धन, जसपा, लोसपा, राप्रपा, स्वतन्त्र गरी एक सय ४३ उम्मेदवार चुनावी मैदानमा छन्।
प्रकाशित मिति: १५:१५ बजे, शुक्रबार, मंसिर २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९