Kathmandu Press

गाउँपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टीकरण

गाउँपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टीकरण

पर्सा, मंसिर २ : निर्वाचन आयोगले पर्साको छिपहरमाई गाउँपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई निर्वाचन आचारसंहिता विपरीत शिक्षक नियुक्ति गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।

उक्त नगरपालिकाले करार सेवामा शिक्षक नियुक्त गर्ने सूचना प्रकाशन गरी उक्त प्रक्रिया हालसम्म जारी राखेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका आधारमा २४ घन्टाभित्र जवाफ दिन स्पष्टीकरण सोधिएको हो।

आयोगले यसअघि पनि विभिन्न सरकारी क्याम्पस र विद्यालयका शिक्षकलाई आचारसंहिता उल्लङ्घनका विषयमा स्पष्टीकरण सोधेको थियो। 

प्रकाशित मिति: १२:२९ बजे, शुक्रबार, मंसिर २, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्