Kathmandu Press

जुम्लामा निर्वाचन सामग्री बोकेको जिप दुर्घटना, ६ जना घाइते

जुम्लामा निर्वाचन सामग्री बोकेको जिप दुर्घटना, ६ जना घाइते

जुम्ला, मंसिर १ : जुम्लामा निर्वाचन सामग्री बोकेको जिप दुर्घटना भएको छ। सदरमुकाम खलङ्गादेखि यहाँको तातोपानी गाउँपालिका–८ स्थित जनजागृति मावि ताम्ती मतदान केन्द्रमा निर्वाचन सामग्री बोकेर जाँदै गरेको बोलेरो जिप दुर्घटना भएको छ।

भे१च २१८८ नम्बरको जिप तातोपानी–४ रावतबाडामा एक्कासी अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Hardik ivf

जिप सडकदेखि २० मिटर तल खसेको छ। दुर्घटनामा मतदान केन्द्रमा खटिएका मतदान अधिकृत हरिप्रसाद देवकोटा, सहायक मतदान अधिकृत आदिप्रसाद न्यौपाने, नेपाल प्रहरीका सई सीताराम दराई, सहायक हवलदार सुरज चन्द, प्रहरी जवान राजेन्द्र विष्ट र एकजना कार्यालय सहयोगी घाइते भएको प्रमुख जिल्ला अधिकरी मुकेशकुमार केशरीले जानकारी दिए।

घाइतेमध्ये प्रहरी हवलदार चन्द र प्रहरी जवान विष्ट गम्भीर घाइते भएको प्रहरी निरीक्षक धर्मराज जोशीले बताए। अहिले घाइते भएकाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी केसरी, प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेन्द्र चन्दसहितको टोली अस्पताल पुगेका छन्।

प्रकाशित मिति: २०:५५ बजे, बिहीबार, मंसिर १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्