Kathmandu Press

जनताको जीवनस्तर उकास्न काम गरिनेछ : अध्यक्ष ओली

जनताको जीवनस्तर उकास्न काम गरिनेछ : अध्यक्ष ओली

झापा, मंसिर १ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनस्तर उकास्नका लागि काम अघि बढाउने बताएका छन। झापाको गौरीगञ्जमा आज आयोजित चुनावीसभामा उनले नागरिकको जीवनस्तर उठाउनका लागि एमालेकै नेतृत्वमा सरकार आवश्यक रहेको बताए।

अध्यक्ष ओलीले एमालेले महिलालाई महिनावारी हुँदा मासिकरूपमा रु एक हजार पाँच सय सेनिटरी प्याड किन्न दिने बताए। 'त्यसका लागि एमालेकै सरकार बन्नुपर्छ,' अध्यक्ष ओलीले भने,'एमालेको सरकार बनेपछि महिलाले त्यो समस्या भोग्नुपर्ने छैन।'

Hardik ivf

पूर्वप्रधानमन्त्री ओलीले एमालेको नेतृत्वको सरकार हुँदा हुलाकी मार्ग निर्माण सुरु भएको बताए। उनले नागरिकताको समस्या, सुकुम्बासी समस्या अब समाधान गरिने बताए। 'जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता प्रदान गरिनेछ,' उनले भने, 'हामीले गैरनेपालीलाई नागरिकता नदिने भनेका हौँ।'

अध्यक्ष ओलीले गौरीगञ्जलाई स्मार्टसिटीका रूपमा विकास गरिने बताए। उनले हुलाकी राजमार्ग बनिसकेपछि गौरीगञ्जको विकास हुने बताए। यस्तै ओलीले नदी नियन्त्रणका लागि काम भइरहेको बताए। अध्यक्ष ओली झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन। गौरीगञ्जमा उनको अन्तिम चुनावीसभा हो ।

यसअघि  झापा क्षेत्र नं १ मा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले मङ्सिर ४ गतेको निर्वाचनले देशको भाग्य र भविष्य निर्माण गर्ने हुँदा मतदातालाई संयमित बनेर देश जोगाउने शक्तिलाई मतदान गर्न आग्रह गरे।

निर्वाचनबाट देश जोगाउने शक्ति आउनुपर्ने भन्दै उनले भने, 'यसले जनताको भाग्य र भविष्यको फैसला गर्नेहुँदा बेलैमा होस पुर्‍याउनुस् ।' अध्यक्ष ओलीले एमाले एक थोक भन्ने र अर्को थोक गर्ने पार्टी नभएको जिकिर गर्दै अहिले आम मतदातालाई जे गर्छौं भनेको छ चुनावपछि त्यही गर्ने आश्वासन दिए।

क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्वकानूनमन्त्री तथा नेकपा (एमाले)का स्थायी कमिटी सदस्य अग्नि खरेल, प्रदेश (१) का सदस्यका उम्मेदवार तथा संविधान सभासदस्य रवीन कोइराला र (२) की उम्मेदवार राप्रपाकी सविना बजगाइँले कार्यक्रममा सम्बोधन गरेका थिए।

प्रकाशित मिति: १९:४८ बजे, बिहीबार, मंसिर १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्