थप ५ जनामा कोरोना संक्रमण पुष्टि
देशभर गरिएको ७ सय ७ पिसिआर परीक्षणका क्रममा ४ जना र ५ सय ४५ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
काठमाडौं, मंसिर १ : नेपालमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
देशभर गरिएको ७ सय ७ पिसिआर परीक्षणका क्रममा ४ जना र ५ सय ४५ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन।
त्यस्तै थप २६ संक्रमित निको भएका छन् भने हाल नेपालमा ४ सय ५३ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:२७ बजे, बिहीबार, मंसिर १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार