Kathmandu Press

भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीद्वारा काठमाडौंमा खबरदारी र्‍याली

आफूहरुलाई प्रमाणित हुने समयसमेत नदिइ अल्टिमेटम दिएको, बसोबासको ग्यारेन्टी नगरिएको र आफूहरुको बाँच्ने अधिकार खोस्न लागिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्।
भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीद्वारा काठमाडौंमा खबरदारी र्‍याली

काठमाडौं, मंसिर १ : आफूहरुलाई जबरजस्ती हटाउन पटकपटक सूचना प्रकाशित भएको भन्दै भूमिहीन, सुकुम्वासी, अव्यवस्थित बसोबासी लगाएतले काठमाडौंमा खबरदारी र्‍याली निकालेका छन्।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले खोला किनाराका अवैध घरटहरा हटाउन अल्टिमेटम जारी गरेपछि संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा, भूमि अधिकार तथा श्रमिक संगठन, नेपाल सुकुम्वासी व्यवस्थापन संघलगायत दर्जन बढि संघसंगठनहरुको अगुवाइमा माइतीघर देखि बानेश्वरसम्म खवरदारी र्‍याली निकालिएको हो।

आफूहरुलाई प्रमाणित हुने समयसमेत नदिइ अल्टिमेटम दिएको, बसोबासको ग्यारेन्टी नगरिएको र आफूहरुको बाँच्ने अधिकार खोस्न लागिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्।

र्‍यालीमा सहभागीहरुले सुकुम्वासीको उचित व्यवस्थापन गर, भूमिहीन एक हौ, हामी न्याय चाहन्छौं लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

समितिले केहि दिन अघि सार्वजनिक सूचना जारी गर्दै खोला किनाराका अवैध घरटहरा हटाउन १० दिने अल्टिमेटम जारी गर्दै नहटाए बल प्रयोग गरेर हटाउने चेतावनी दिएको थियो । 

प्रकाशित मिति: १४:१५ बजे, बिहीबार, मंसिर १, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्