Kathmandu Press

झापामा हात्ती मृत भेटियो

चारकोसे जलथल जङ्गलदेखि दुई किलोमिटर दक्षिण कचनकवल गाउँपालिका-१ स्थित घेराबारीका गङ्गा दाहालको धानखेतमा वयस्क भाले हात्ती मृतावस्थामा फेला परेको हो।
झापामा हात्ती मृत भेटियो
सांकेतिक तस्बिर

झापा, मंसिर १ : झापाको कचनकवलको घेराबारीमा हात्ती मृत फेला परेको छ।

चारकोसे जलथल जङ्गलदेखि दुई किलोमिटर दक्षिण कचनकवल गाउँपालिका-१ स्थित घेराबारीका गङ्गा दाहालको धानखेतमा वयस्क भाले हात्ती मृतावस्थामा फेला परेको हो।

मृत फेला परेको हात्तीको दाह्रा नरहेको कचनकवल–१ का वडाध्यक्ष महावीर लिम्बू रञ्जितले जानकारी दिए। उनका अनुसार हात्तीको शरीरमा चोटपटक नदेखिए पनि दाह्रा छैन। 

डिभिजन वन कार्यालयको टोली आएर परीक्षण गरेर त्यहीँ खाल्डो खनेर पुरिएको हो । जलथल  जंगलमा एक दर्जन बढी हात्ती बस्दै आएका छन्।

प्रकाशित मिति: १३:०७ बजे, बिहीबार, मंसिर १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्