स्पेनिस ला लिगा : रियल मड्रिड र बार्सिलोना बराबरीमा
एजेन्सी, पुस ३ : स्पेनिस ला लिगा अन्तर्गत बुधबार राति भएको बार्सिलोना र रियल मड्रिडबीचको खेल बराबरीमा टुंगिएको छ ।
बार्सिलोनाको घ....

एजेन्सी, पुस ३ : स्पेनिस ला लिगा अन्तर्गत बुधबार राति भएको बार्सिलोना र रियल मड्रिडबीचको खेल बराबरीमा टुंगिएको छ ।
बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा दुबै टिमले पाएको मौकाको सदुपयोग गर्न नसक्दा खेल बराबरीमा टुंगियो । खेलमा रियलका ग्यारेथ बेलले गोल गरे पनि त्यसलाई अफसाइड देखाइयो ।
घरेलु दशर्कको राम्रो साथ पाएर पनि बार्सिलोनाले उत्कृष्ट खेल प्रदर्शन गर्न सकेन् । जसका कारण यस पटकको एल क्लासिको त्यति रोमाञ्चक हुन सकेन ।
यो बराबरीले बार्सिलोना र रियलको १७ खेलबाट समान ३६–३६ अंक भएको छ । तर गोल अन्तरका आधारमा बार्सिलोना शीर्ष स्थानमा छ ।
प्रकाशित मिति: ०७:५८ बजे, बिहीबार, पुस ३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











