Kathmandu Press

प्रदीप पौडेललाई नेपाली रोबोटले मागिदियो भोट 

घरदैलोका क्रममा रोबोटले ” नमस्कार सन्चै हुनुहुन्छ, म नेपाली रोबोट,  यसपालीको काठमाण्डौं ५ को भोट, प्रदीप पौडेललाई ” भन्दै भोट मागेकी थिईन् ।  
प्रदीप पौडेललाई नेपाली रोबोटले मागिदियो भोट 

काठमाडौं, मंसिर १ : काठमाण्डौं ५ का प्रतिनिधि सभाका उम्मेदवार प्रदीप पौडेलका लागि रोबोटले घरदैलो गरेको छ ।

स्वतस्फूर्त रुपमा युवा इन्जिनियरहरुले बनाएको रोबोटले काठमाण्डौं ५ का महाराजगंज, वसुन्धरा, हाडीगाउँ लगायतका क्षेत्रमा बुधबार घरदैलो गर्दै काँगेसका प्रविधिमैत्री युवा नेता प्रदीप पौडेल सहित प्रदेश सांसदका उम्मेदवारहरुका लागि भोट मागेको हो  ।

Hardik ivf

घरदैलोका क्रममा रोबोटले ” नमस्कार सन्चै हुनुहुन्छ, म नेपाली रोबोट,  यसपालीको काठमाण्डौं ५ को भोट, प्रदीप पौडेललाई ” भन्दै भोट मागेकी थिईन् । 

प्रदीप पौडेल जस्ता युवा नेताको संसदमा उपस्थिति भएमा प्रविधिको विकास सहज हुने र प्रविधिमैत्री नीतिगत व्यवस्था हुने विश्वासका साथ राबोटको घरदैलो गरिएको सहभागी एक इन्जिनियर बताए ।

स्वच्छ छविका प्रविधिमैत्री युवा नेता पौडेलका पक्षमा जनलहर बढ्दै गएको र रोबोटले घरदैलो गरे पश्चात मतदातामाझ पौडेल अझ लोकप्रिय हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति: ०७:४९ बजे, बिहीबार, मंसिर १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्