Kathmandu Press

निर्वाचनकाे दिन काठमाडाैंमा सवारी साधन चलाउनमा राेक

निर्वाचनकाे दिन काठमाडाैंमा सवारी साधन चलाउनमा राेक

काठमाडाैं, कात्तिक ३० : मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दिन काठमाडौंमा सवारी साधन चलाउन रोक लगाएको छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै बिहान ४ बजेदेखि साँझ ७ बजेसम्म गाडी चलाउन रोक लगाएको हो।

त्यसबीचको समयमा अतिआवश्यक सेवा र अनुमति प्राप्त सवारी साधनमात्रै चलाउन पाइने भएको हो।  

Hardik ivf

सूचनाको पालना नगर्नेलाई कानुनबमोजिम कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले जानकारी दिइन्।

भक्तपुर जिल्ला प्रशासन कार्यालयले पनि मंसिर ४ गते बिहान ४ बजेदेखि साँझ ७ बजेसम्मको लागि रोक लगाएको छ।

ललितपुर जिल्ला प्रशासन कार्यालयले पनि सूचना जारी गरेको छ। ललितपुरमा भने क्षेत्र अनुसार छुट्टाछुट्टै समयको लागि रोक लगाएको छ।

क्षेत्र नम्बर २ र ३ को रिङरोडभित्र बिहान ४ बजेदेखि बेलुका ७ बजेसम्म रोक लगाएको छ।

बाहिर भने बिहान ४ बजेदेखि बेलुकी ८ बजेसम्म रोक लगाएको हो।

निर्वाचन क्षेत्र नम्बर १ मा भने आइतबार बिहान ४ बजेदेखि सोमबार बिहान ४ बजे सम्मको लागि रोक लगाएको छ।

प्रकाशित मिति: २०:४० बजे, बुधबार, कात्तिक ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्