Kathmandu Press

नमोबुद्धमा नमूना मतदान सम्पन्न

नमोबुद्धमा नमूना मतदान सम्पन्न

भकुण्डेवेशी, कात्तिक ३० : नमोबुद्ध–४ स्थित जनक माध्यमिक विद्यालयमा नमूना मतदान सञ्चालन गरिएको छ।

नमोबुद्ध नगरपालिकाको संयोजनमा जिल्ला निर्वाचन कार्यालय काभ्रेले आयोजना गरेको नमूना मतदान कार्यक्रममा सो क्षेत्रका स्थानीयको सहभागिता थियो।

नमोबुद्ध नगरप्रमुख कुनसाङ लामा, नगर कर्मचारी, स्थानीयवासी, शिक्षक, नमूना मतदानमा सहभागी भएका थिए। मतदान प्रकृया, बदर हुने तरिकाबारे लगायतका बिषयमा जानकारी र अभ्यास गराउन नमूना मतदान गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले जानकारी दिए।

जिल्ला निर्वाचन कार्यालय काभ्रेका प्रमुख रहेको जिल्ला निर्वाचन अधिकारी उमेशकुमार राईले काभ्रेका विभिन्न स्थानमा नमूना मतदान सञ्चालन गरिएको जानकारी दिए।

प्रकाशित मिति: १९:३७ बजे, बुधबार, कात्तिक ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्