Kathmandu Press

सर्लाही ३ का दुई सय एमालेका कार्यकर्ता माओवादीमा प्रवेश

सर्लाही ३ का दुई सय एमालेका कार्यकर्ता माओवादीमा प्रवेश

सर्लाही, कात्तिक ३० : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन केही दिन मात्रै बाँकी रहँदा नेकपा एमाले सर्लाही क्षेत्र नम्बर ३ का दुई सय जना स्थानीय नेता तथा कार्यकर्ता बुधबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।   

बाग्मती नगरपालिका वडा नं. १२ काजीराम टोलका सबै एमाले नेता तथा कार्यकर्तासहित शुभेच्छुहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। ‘नेकपा एमाले काजीराम टोलका दुई सय जनाभन्दा बढी नेता तथा कार्यकर्ता आज बुधबार नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ,’ वडा नम्बर १२ का वडा अध्यक्ष ओम श्रेष्ठले जानकारी दिए।

नेकपा एमालेभित्र व्यक्तिवाद मौलाएको, अहंकार र मनपरीतन्त्र बढेर पार्टी परित्याग गरेको माओवादी केन्द्रमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरूले बताए।

प्रकाशित मिति: १९:२३ बजे, बुधबार, कात्तिक ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्