Kathmandu Press

रूपन्देहीमा ९५ प्रतिशत निर्वाचनकाे तयारी पुरा

रूपन्देहीमा ९५ प्रतिशत निर्वाचनकाे तयारी पुरा
Hardik ivf

रूपन्देही, कात्तिक ३० : रुपन्देही क्षेत्र नम्बर २ निर्वाचन अधिकृतको कार्यालयले मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको लगभग ९५ प्रतिशत तयारी पुरा भएको जनाएको छ।

कार्यालयले बुधबार पत्रकार सम्मेदन गर्दै निर्वाचन क्षेत्र नम्बर २ को तयारी लगभग ९५ प्रतिशत पुरा भएको जानकारी दिएको हो। पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन अधिकृत उदबिर नेपालीले निर्वाचन स्थलमा खटिने अधिकृत र कर्मचारीहरुले मतपत्र बुझ्ने र मतदास्थल तयार गर्ने काम बाहेका सम्पूर्ण तयारी पुरा भएको बताए। उनले रुपन्देही २ मा निर्वाचन सम्पन्न गर्न १०५४ कर्मचारी परिचालन हुने जानकारी दिँदै क्षेत्र नम्बर २ मा १३१ मतदान केन्द्र मध्ये ५ वटा अपाङ्ग मैत्री र २ वटा अस्थायी मतदान स्थल कायम गरिएको जानकारी दिए। अधिकृत नेपालीले क्षेत्रको सबैभन्दा ठुलो मतदान केन्द्र रहेको लुम्बिनी बाणिज्य कलेजको मतदान केन्द्रलाई विभाजन गरि नबिन औद्योगिक कदरबहादुर माबिमा ८ र साबिक लुम्बिनी बाणिज्य कलेजमा ८ वटा मतदान स्थल बनाउने निर्णय गरिएको समेत जानकारी दिए।

कार्यालयले मतदानलाई अधिकतम मिडिया मैत्री र पारदर्शी बनाउन सुबिधासम्पन्न कल सेण्टर,  नतिजाको अपडेटका लागि व्यवस्था र सूचनालाई सहज र सबैमा पुग्ने व्यवस्था मिलाईएको जनाएको छ।

प्रकाशित मिति: १९:१५ बजे, बुधबार, कात्तिक ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्