Kathmandu Press

बेस्ट एयरलाइन्स अवार्ड नेपाल २०२२ हुने

बेस्ट एयरलाइन्स अवार्ड नेपाल २०२२ हुने

काठमाडाैं, कात्तिक ३० : नेपालमै पहिलो पटक बेस्ट एयरलाइन्स अवार्ड आयोजना हुने भएको छ।

नेपालको पर्यटन क्षेत्रमा हवाई क्षेत्रले गरेको योगदानको उच्चतम कदर गर्दै यस क्षेत्रलाई थप उपभोक्तामुखी र जनउत्तरदायी बनाउने अभिप्रायका साथ डिसेम्बर १३ का दिन एक विशेष समारोहका माझ बेस्ट एयरलाइन्स अवार्ड नेपाल २०२२ घोषणा गरिने बेस्ट एयरलाइन्स अवार्डस् नेपालका अध्यक्ष सागरदेव लाखेले जानकारी दिए।

Hardik ivf

विभिन्न १६ विधामा दिइने बेस्ट एयरलाइन्स आवर्ड नेपालमा ३ विधा नेपाली वायुसेवाका लागि मात्र छुट्याइएको उनले बताए। ११ विधामा नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेका वायुसेवाले प्रतिस्पर्धा गर्ने र यसबाहेक रहेका २ विधामा हवाई उड्डयनलाई सुरक्षित र सहज बनाउन भूमिका खेल्ने विभिन्न साझेदारहरूमध्येबाट उत्कृष्टलाई चयन गरिने उनले जानकारी दिए।

विभिन्न माध्यमबाट प्रक्षेपण गरिने जनमत तथा निर्णायक मण्डलको निर्णयका आधारमा तय उनले बताए। अवार्डको निष्पक्षता र गरिमालाई दरिलो बनाउन आयोजकले नेपालमा सेवा प्रदायकको रूपमा सक्रिय वायुसेवा तथा वायुसेवा व्यवसायमा आबद्ध संघसंस्थाहरूसँग कुनै पनि किसिमको आर्थिक सहयोग, नोमिनेसन फी वा स्पोनसरसिप नलिएको उनले बताए।

नेपाल पर्यटन बोर्डसँगको साझेदारीमा आयोजना हुने यस बेस्ट एयरलाइन्स अवार्ड नेपालमा हाल काठमाडौं भएर विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएका २७ वायुसेवा प्रदायक आन्तरिक तर्फका ९ वायुसेवाले प्रतिस्पर्धा गर्ने जनाइएको छ।

प्रकाशित मिति: १८:५७ बजे, बुधबार, कात्तिक ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्