देश विकास गर्नका लागि गठबन्धन : प्रवक्ता डा महत

ताप्लेजुङ, कात्तिक ३० : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले देश विकास गर्न गठबन्धन आवश्यकता रहको बताएका छन।
आज ताप्लेजुङको सदरमुकाममा वाम लोकतान्त्रिक गठबन्धनद्वारा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले देश विकास र संविधानको रक्षा गर्न गठबन्धन आवश्यकता रहेकाे बताएका हुन। देश अस्थिरताबाट जोगाउन र देश समृद्ध बनाउनका लागि गठबन्धन भएको उनले जनाउँदै यो गठबन्धनको लामो समयसम्म रहने दाबी गरे।
उनले भने, 'संसद् विघटनपछि यो गठबन्धन बन्न पुगेको हो । यो गठबन्धनले देश समृद्ध बनाउन बनेको छ । संविधानको रक्षा गर्दछ ।' उनले गठबन्धनको अबको सङ्कल्प देश विकास गर्नु नै हो भने।
प्रकाशित मिति: १८:४३ बजे, बुधबार, कात्तिक ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(32)-1764944804.jpeg)
