Kathmandu Press

नागरिक संवादद्वारा तयार पारिएको स्थलगत भ्रमण प्रतिवेदन सार्वजनिक

नागरिक संवादले बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै गत कात्तिक २० गतेदेखि २५ गतेसम्म ११ जिल्लामा गरिएको स्थलगत भ्रमणबाट तयार पारिएको प्रतिवेदन सार्वजनिक गरेको हो।
नागरिक संवादद्वारा तयार पारिएको स्थलगत भ्रमण प्रतिवेदन सार्वजनिक

काठमाडाैं, कात्तिक ३० : राष्ट्रिय मामिला सरोकार समूहको सक्रियतामा सञ्चालित नागरिक संवादले स्थलगत भ्रमणसम्बन्धी प्रतिवेदन तयार गरेको छ।

नागरिक संवादले बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै गत कात्तिक २० गतेदेखि २५ गतेसम्म ११ जिल्लामा गरिएको स्थलगत भ्रमणबाट तयार पारिएको प्रतिवेदन सार्वजनिक गरेको हो।

Hardik ivf

सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन र गोरखाका मतदातासँग आसन्न निर्वाचनलाई हेर्ने दृष्टिकोणबारे अन्र्तक्रिया गरी प्रतिवेदन तयार पारिएको हो।

संवादका संयोजक डा. द्वारिकालाल ढुंगेलले राष्ट्रिय मामिला सरोकार समूह आफूसहित सातजनाले स्वफूर्त रुपले खुकुलो सञ्जालको स्थापना गरेको बताए। सञ्जाल कुनै सरकारी कार्यालयमा दर्ता नभएको, स्वस्फूर्त रुप, गैरसरकारी नाफा नकमाउने खालकाे भएकाे उनले बताए।

कार्यक्रममा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सिजिएमआई डटकममा पनि अध्ययनको प्रतिवेदन राखिने बताए। उनले एक सातासम्म गरिएको अध्ययनबाट राजनीतिक दलप्रति आम नागरिकहरु निराश भएको पाइएको बताए। जनता आफैं आबद्ध भएका दल र नेताहरुको समेत आलोचना गर्दै हिँडेको उनको दाबी छ।

दलहरुको सिद्धान्त र व्यवहारगत आचरण खस्कदै गएको र नागरिकको अपेक्षा पुरा गर्ने क्षमता गुमाउँदै गएको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित मिति: १७:५७ बजे, बुधबार, कात्तिक ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्