Kathmandu Press

आयोगद्वारा लोसपाका उम्मेदवार मेहताको उम्मेदवारी खारेज

आयोगद्वारा लोसपाका उम्मेदवार मेहताको उम्मेदवारी खारेज

काठमाडाैं, कात्तिक ३० : निर्वाचन आयोगले सुनसरी जिल्लाको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं ४ को (२) का लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७३ अनुसार उनको उम्मेदवारी  खारेज भएको हो। उनले बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएकाले आयोगले उनको उम्मेदवारी बदर गरेको हो। 

प्रकाशित मिति: १८:०९ बजे, बुधबार, कात्तिक ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्