Kathmandu Press

युएइविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपाल ३ विकेटले विजयी 

युएइविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपाल ३ विकेटले विजयी 

काठमाडौं, कात्तिक ३० : युएईविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपाल तीन विकेटले विजयी भएको छ । बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा युएइले दिएको १९२ रनको लक्ष्य नेपालले ४७ ओभर ५ बलमा ७ विकेट गुमाएर भेट्टाएको हो। 

नेपालको जितमा गुलशन झाले सर्वाधिक ३७ रनको योगदान दिए । यस्तै आरिफ शेखले अविजित ३३ रनको योगदान दिदा सोमपाल कामी १६ रनमा अविजित रहे । कुशल भुर्तेल ३५ रनमा आउट हुँदा ज्ञानेन्द्र मल्लले २६ रन बनाए । दीपेन्द्र सिंह ऐरीले १३ रन जोड्दा कप्तान रोहित पौडेलले ८ रन जोडे । आशिफ शेखले ६ रन जोडे भने अर्जुन साउदले सुन्य रन बनाए । 

Hardik ivf

युएईका रोहन मुस्तफाले ३ तथा हजरत बिलालले २ विकेट लिए । बसिल हामिदले १ विकेट लिए । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४३ ओभर २ बलमा अलआउट हुँदै १ सय ९१ रन बनाएको थियो । युएईका लागि मुहम्मद वासिमले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ खेले । यस्तै अलिशन शराफुले ३५ रन जोड्दा भ्रित्य अरबिन्दले २५ रन जोडे । बसिल हामिदले २४, कप्तान सीपी रिजवानले २२ तथा बिष्णु शुकुमारनले १५ रन बनाए । 

युएईलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामी र ललित राजवंशीले ३÷३ विकेट लिए । करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले १÷१ विकेट लिए । जितसँगै तीन खेलको सिरिजमा नेपालले १–१ को बराबरी गरेको छ । युएई र नेपालबीचको तेस्रो तथा निर्णायक खेल शुक्रबार हुनेछ ।

प्रकाशित मिति: १७:५३ बजे, बुधबार, कात्तिक ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्