थप ९ जनामा कोरोना संक्रमण पुष्टि
देशभर गरिएको ९ सय ९१ पिसिआर परिक्षणका क्रममा ८ जना र ६ सय २९ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
काठमाडाैं, कात्तिक ३० : नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको ९ सय ९१ पिसिआर परिक्षणका क्रममा ८ जना र ६ सय २९ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु भएको छैन। त्यस्तै थप २४ संक्रमित निको भएका छन्। हाल नेपालमा ४ सय ७५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १७:३५ बजे, बुधबार, कात्तिक ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार