Kathmandu Press

काठमाडौं–९ : आमन्त्रित कल्पनालाई गठबन्धनले सहज, कृष्णगोपाल र मिलन पाण्डे चुनौती 

धमलाकाे गृहजिल्ला धादिङ हाे । ०६४ मा धादिङ–२ बाट चुनाव जितेकी कल्पना ०७० को दोस्रो संविधानसभाको निर्वाचनमा साेही क्षेत्रबाट पराजित भएकी थिइन्।
काठमाडौं–९ : आमन्त्रित कल्पनालाई गठबन्धनले सहज, कृष्णगोपाल र मिलन पाण्डे चुनौती 

काठमाडौं, कात्तिक ३० : माओवादी केन्द्रकी नेतृ कल्पना धमला मंसिर ४ को निर्वाचनमा काठमाडौंको निर्वाचन क्षेत्रनम्बर ९ बाट प्रतिनिधि सभातर्फका उम्मेदवार छन् । धादिङ गृहजिल्ला रहेको उनी वाम लोकतान्त्रिक गठबन्धनकी उम्मेदवार हुन् । ०६४ मा धादिङ–२ बाट चुनाव जितेकी कल्पना ०७० को दोस्रो संविधानसभाको निर्वाचनमा पराजित भएकी थिइन्। 

तत्कालीन समयमा धमला माओवादीमा बाबुराम भट्टराई खेमामा थिइन् । भट्टराईले माओवादी छाडेर नयाँ शक्ति गठन गरेपछि धमला पनि उनीसँगै थिए । पछि भट्टराईले मधेशवादी दलसँग पार्टी एकता गरेपछि धमला प्रचण्ड नेतृत्वको माअ‍ोवादीमै फर्किएकी थिइन् । अहिले उनी माओवादी केन्द्रको पोलिटब्युरो सदस्य हुँदै काठमाडौं–९ मा गठबन्धनकी उम्मेदवार बनेकी छन् । 

गृहजिल्ला छाडेर काठमाडौंबाट चुनावमा होमिएकी धमलालाई यहाँका पुराना एमाले नेता कृष्णगोपाल श्रेष्ठ मुख्य चुनौती बनेका छन् ।  साझा पार्टीका मिलन पाण्डे पनि उनको बलिया प्रतिस्पर्धी मानिन्छन् । आमन्त्रित उम्मेदवारका रुपमा रहेकी धमला गठबन्धनको साथ पाउँदा केही सहज अवस्थामा देखिन्छन्। माओवादी आफैंमा कमजोर रहेको क्षेत्र भएकाले उनले जितका लागि कांग्रेसका मतदातामा भर पर्नुपर्ने हुँदा चुनौती पनि त्यत्तिकै रहन्छ। 

Hardik ivf

२०४८ यता काठमाडौं विभिन्न निर्वाचन क्षेत्रबाट चुनाव जितेर संसदमा पुगेका श्रेष्ठ पटकपटक मन्त्री भइसकेका छन्। २०६४ र २०७० सालमा भएको संवधानसभा निवार्चनमा भने उनी पराजित भएका थिए। यो क्षेत्रमा मतदातामाझ बलियो देखिएको कांग्रेसका उम्मेदवार मैदानमा नहुँदा श्रेष्ठ चुनाव जित्नेमा विश्वस्त देखिन्छन्। 

०७४ मा नेपाली कांग्रेसका ध्यानगोविन्द रञ्जितलाई ८ हजार ५० मतान्तरले विजयी भएका श्रेष्ठलाई यसपटक भने धमला र पाण्डेलाई पछि पारेर जित निकाल्न चुनौती छ। त्यतिबेला वाम गठबन्धन रहेकाले श्रेष्ठलाई माओवादी केन्द्रको साथ थियो। यसपटक भने परिस्थिति फेरिएको छ। पहिले साथ पाएको माओवादीसँग अहिले एमालेले भिड्नुपरेको छ। त्यसमाथि एमालेबाट विभाजित माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीको साथ धमलालाई रहँदा यसपालिको चुनाव अघिल्लोको तुलनामा केही चुनौतीपूर्ण देखिन्छ। 

२०७४ मा श्रेष्ठले २२ हजार ८५२ मत प्राप्त गरेका थिए भने रञ्जितले १४ हजार ८०२ मत प्राप्त गरेका थिए।  विवेकशील साझा पार्टीबाट चुनाव लडेका पाण्डेले ४ हजार ९४६ पाएका थिए ।

यी तीन मुख्य प्रतिस्पर्धीबाहेक यस क्षेत्रको चुनावी प्रतिस्पर्धामा १८ उम्मेदवार पनि मैदानमा छन् । उनीहरुले जित्ने सम्भावना कम भएपनि मुख्य प्रतिस्पर्धीले पाउने मतमा प्रभाव पार्नेछन् । 

काठमाडौं ९ मा २२ उम्मेदवार छन्। तीमध्ये १२ जना दलका र १० जना स्वतन्त्र हुन्। २०७४ मा क्षेत्र ९ बाट निर्वाचित भई सांसद बनेका कृष्णगोपाल श्रेष्ठसँग मुख्य प्रतिस्पर्धामा छिन्, सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी कल्पना धमला। श्रेष्ठ र धमलाको मुख्य प्रतिस्पर्धामाका लागि साझा पार्टी नेपालका प्रमुख मिलन पाण्डे चुनौती बनेका छन्। २०७४ को निर्वाचनमा पाण्डे तेस्रो स्थानमा थिए। पाण्डे यसपटक निर्वाचित भएर संसदमा पुग्न मिहिनेतका साथ दौडधुप गरिरहेका छन्।  

काठमाडौं ९ मा काठमाडौं महानगरपालिकाका चारवटा वडा (१२, १४, २१ र २२) तथा चन्द्रागिरी र नागार्जुन नगरपालिकाका पाँचपाँचवटा वडा पर्छन्। चन्द्रगिरितर्फका १, १२, १३, १४ र १५ वडा तथा नागार्जुनतर्फका ६, ७, ८, ९ र १० वडा सो क्षेत्रमा पर्छन्।

गत वैशाख ३० गते सम्पन्न हालै सम्पन्न स्थानीय निर्वाचनमा काठमाडौं ९ का विभिन्न दलका वडाहरूले पाएको मतका आधारमा कांग्रेस थोरै मतले एमालेभन्दा अगाडि छ। कांग्रेसका वडाअध्य उम्मेदवारहरूले १९ हजार ९ सय मत प्राप्त गर्दा एमालेका वडाध्यक्षका उम्मेदवारले पनि ७ सय मात्र कम अर्थात् १९ हजार २ सय आफ्नो पक्षमा पारेको छ। केही वडामा मात्र उम्मेदवारी दिएको माओवादी केन्द्रको मत अत्यन्त थोरै छ। 

सत्तारुढ गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाएको माओवादी केन्द्रले पनि स्थानीय तह निर्वाचनमा यो निर्वाचन क्षेत्रमा पर्ने केही वडाहरूमा उम्मेदवारी दिएको थियो। माओवादी केन्द्रले उम्मेदवारी दिएका वडाहरूमा सय मत पनि कटाउन नसकेको अवस्था छ। यसकारण गठबन्धनबाट उम्मेदवार बनेकी धमलालाई पूर्णतः कांग्रेसमा भर पर्नुपर्ने अवस्था छ। सुरुमा माओवादीका हितमान शाक्यले यो क्षेत्रमा दाबी गरे पनि अन्तिम समयमा पछि हटेका कारण धमलाले उम्मेदवारी दिन पाएकी हुन्। 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि काठमाडौं ९ मा ७२ हजार १ सय ७३ मतदाता छन्। यी मतदाताले नै श्रेष्ठ, धमला वा पाण्डेमध्ये कसलाई संसदमा आफूहरूको प्रतिनिधि पठाउने कि स्वतन्त्र वा अन्य साना दलका उम्मेदवारलाई चुन्ने भन्ने निक्र्याेल मंसिर ४ मा गर्ने नै छ।

याे पनि : 

 

काठमाडौं–१ : चौथो जितको दाउमा रहेका सिंहलाई मिश्र र कँडेल चुनौती 

काठमाडौं–२ : एमालेका स्थानीय उम्मेदवारसँगको प्रतिस्पर्धामा ओनसरी कति सुरक्षित ?

काठमाडौं–३ : बजगाईँले उम्मेदवारी निष्क्रिय गरेपछि गठबन्धनका चालिसेलाई सहज 

काठमाडौं–४ : गठबन्धनले गगन ढुक्क, एमालेकै गढमा राजन असुरक्षित

काठमाडौं–५ : कांग्रेसको विरासत फिर्ता गर्न पौडेललाई कति सहज ?

काठमाडौं–६ : ह्याट्रिक गर्ने प्रधानको दाउ, पहिलोपटक संसद छिर्ने पूर्वआइजिपी खनालको प्रयत्न  

काठमाडौं ७ : दुई पूर्वमन्त्री र पाका नेता घिमिरे मानुषीका चुनौती

काठमाडौं–८ : जीवनरामलाई एमालेको डर, गठबन्धनको भर

प्रकाशित मिति: १२:३४ बजे, बुधबार, कात्तिक ३०, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्