प्रधानमन्त्रीसँग भेटेपछि प्रसाईंले भने– पुस २ सम्म सरकारले हाम्रो मागबारे निर्णय नलिए चुनाव हुँदैन
उनले सर्वदलीय तरिकाले यो व्यवस्था ठीक छ कि छैन भनेर जनमत संग्रहमा जान माग गरेको बताउँदै पुस २ गतेसम्म सरकारले निर्णय दिने जानकारी दिएका हुन्।
काठमाडौं, मंसिर २२ : राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंले राजसंस्था पुनःस्थापनालगायतका आफूहरुको मागको विषयमा सरकारले पुस २ गतेसम्म निर्णय दिने जानकारी गराएका छन्।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेपछि पत्रकारहरूसँगको कुराकानीमा उनले सर्वदलीय तरिकाले यो व्यवस्था ठीक छ कि छैन भनेर जनमत संग्रहमा जान माग गरेको बताउँदै पुस २ गतेसम्म सरकारले निर्णय दिने जानकारी दिएका हुन्।
त्यस्तै उनले सरकारले यदी पुस २ गतेसम्म निर्णय दिन नसके चुनाव नहुने चेतावनी दिए।
‘सर्वदलीय तरिकाले यो व्यवस्था ठीक छ कि छैन भनेर जनमत संग्रहमा जाऔं। जनताले खुशीसाथले भोट हाल्यो भने त सकियो नि त, झगडा, आन्दोलन लडाइँ नगर्ने हो भने सबै विषयमा जनमत संग्रहमा जाऔं,’ उनले भने, ‘यदी पुस २ गतेसम्म डिजिसन दिन सक्नुभएन भने चुनाव हुँदैन। चुनाव त चाहिँदैन हामीलाई,’ उनले भने।
प्रसाईंले प्रधानमन्त्री र गृहमन्त्रीले आफूहरुको मागका विषयमा मजाले सुनिदिएको भन्दै यीनै मागहरूलाई भ¥याङ बनाएर र यिनै गरिबहरूको लासमाथि टेकेर आज कम्युनिष्टहरुले अर्बौं कमाएको कुरा आफूले राखेको सुनाए।












-(7)-1765197040.jpg)