Kathmandu Press

जुम्ला कांग्रेस उपसभापति शाहीसहित ७ जनालाई कारबाही सिफारिस

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा आफ्ना उम्मेदवारविरुद्ध पार्टीको विधान र हित विपरीत कार्य गरेको पाइएकोले कांग्रेसले उनीहरूलाई स्पष्टीकरणसमेत सोधेको थियो। 
जुम्ला कांग्रेस उपसभापति शाहीसहित ७ जनालाई कारबाही सिफारिस

काठमाडौं, कात्तिक ३० : नेपाली कांग्रेस जिल्ला कार्य समिति जुम्लाले जिल्ला उपसभापतिसहित सात जनालाई कारबाहीको सिफारिस गरेको छ।

जिल्ला उपसभापति दीपक शाहीलगायत सात जनालाई कारबाहीका लागि कार्य समितिले मंगलबार केन्द्रीय कार्यालयमा सिफारिस गरेको हो। उपसभापति दिपक शाही, महाधिवेशन प्रतिनिधि भक्तबहादुर रोकाया, गोविन्दबहादुर शाही, चन्दननाथ नगरपालिकाका सभापति रवि थापा, आसे बस्नेत, भक्त रोकाया र गोरबहादुर सुनारलाई कारबाहीका लागि सिफारिस गरिएको विज्ञप्तिमा जनाइएको छ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा आफ्ना उम्मेदवारविरुद्ध पार्टीको विधान र हित विपरीत कार्य गरेको पाइएकोले कांग्रेसले उनीहरूलाई स्पष्टीकरणसमेत सोधेको थियो। 

स्पष्टीकरण चित्त नबुझेपछि कारबाहीको लागि सिफारिस गरिएको जिल्ला कार्यसमितिले जनाएको छ। जुम्लामा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेस कर्णालीका सभापति ललितजंग शाही प्रदेश (क) मा उम्मेदवार छन्। तर शाहीको विरुद्धमा कांग्रेस नेता देवेन्द्रबहादुर शाहीले बागी उम्मेदवारी दिएका छन्।

प्रकाशित मिति: ०८:०८ बजे, बुधबार, कात्तिक ३०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्