केही स्थानमा हिमपातको सम्भावना
जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार दिउँसो प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थान हल्का हिमपातको सम्भावना छ। अन्य भूभागको मौसम सामान्यतया सफा रहनेछ।
काठमाडौं, कात्तिक ३० : पश्चिमी वायुको सामान्य प्रभावका कारण हिमाली भेगमा केही ठाउँमा हिमपात हुने सम्भवना छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार दिउँसो प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थान हल्का हिमपातको सम्भावना छ। अन्य भूभागको मौसम सामान्यतया सफा रहनेछ।
राति पनि प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
प्रकाशित मिति: ०७:३९ बजे, बुधबार, कात्तिक ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार