Kathmandu Press

नमोबुद्धको घरदैलोमा उत्साहजनक सहभागिता, प्रत्येक टोलमा मतदाता शिक्षा

संविधान बनाउन योगदान गरेका, जिल्लाको विकास निर्माणको लागि योगदान गरेका र भविष्यमा पनि काभ्रेको समृद्धी र विकासको नेतृत्व गर्न सक्ने तिर्थ लामालाई सो क्षेत्रमा उम्मेदवार पाएको भन्दै स्थानीयले खुशी समेत व्यक्त गर्दै विजयको लागि शुभकामना व्यक्त गरेका थिए ।
नमोबुद्धको घरदैलोमा उत्साहजनक सहभागिता, प्रत्येक टोलमा मतदाता शिक्षा

काभ्रे, कात्तिक २९ : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित लोकतान्त्रिक–बाम गठबन्धनकाे दोस्रो चरणको घरदैलो कार्यक्रम अन्तर्गत काभ्रेकाे नमाेबुद्धमा स्थानीयको उत्साहजनक सहभागिता देखिएको छ।

नमोबुद्ध नगरपालिका वडा नं ६ खाक्सी, वडा नं ८ दारिम्बोट, पिपलटार, वडा नं ९ गहते, छत्रेबाझलगायत स्थानमा गरेको दोस्रो चरणको घरदैलोमा पनि स्थानीयले उल्लेख्य सहभागितासहित लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवारलाई भव्य स्वागत गरेका छन् ।

Hardik ivf

dapcha1668524866.jpg

गठबन्धनका तर्फबाट प्रदेश १ (ख) का उम्मेदवार रहेका कांग्रेसका तीर्थ लामासहित गठबन्धन आवद्ध दलका विभिन्न तहका नेता, कार्यकर्तासहितको घरदैलो गर्ने टोलीलाई स्थानीयले भव्य स्वागत गरेका थिए ।

संविधान बनाउन योगदान गरेका, जिल्लाको विकास निर्माणको लागि योगदान गरेका र भविष्यमा पनि काभ्रेको समृद्धी र विकासको नेतृत्व गर्न सक्ने तिर्थ लामालाई सो क्षेत्रमा उम्मेदवार पाएको भन्दै स्थानीयले खुशी समेत व्यक्त गर्दै विजयको लागि शुभकामना व्यक्त गरेका थिए ।

पहिलो घरको घरदैलो सकेका गठबन्धनका उम्मेदवारहरु पुन टोल, बस्तीमा पुगेर गठबन्धनका उम्मेदवारलाई जिताउन अनुरोध गरिरहेका छन् ।

यता, गठबन्धनका स्थानीय नेता कार्यकर्ताले नमोबुद्धका प्रत्येक टोल बस्तीमा पुगेर मतदाता शिक्षा दिइरहेका छन् । नमूना मतपत्र नै बोकेर उनीहरुले गठबन्धनका उम्मेदवारलाई सही तरिकाले मतदान गर्न सिकाइरहेका छन् ।

पहिलो मत प्रतिनिधीसभाको प्रत्यक्ष, दोस्रो मत प्रतिनिधी सभाकै समानुपातिक, तेस्रो मत प्रदेश सभाको प्रत्यक्षतर्फ र चौथो मत प्रदेश सभाको समानुपातिकतर्फको उम्मेदवारलाई हाल्न सिकाइएको हो ।

प्रकाशित मिति: २०:५० बजे, मंगलबार, कात्तिक २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्