Kathmandu Press

अपाङ्गता भएकाको प्रतिनिधित्व गराउँछु : नेता कोइराला

अपाङ्गता भएकाको प्रतिनिधित्व गराउँछु : नेता कोइराला

माेरङ, कात्तिक २९ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले आपाङ्गता भएका व्यक्तिहरुको हरेक क्षेत्रमा प्रतिनिधित्व र पहुँचका लागि लड्ने बताएका छन। मोरङ क्षेत्र नंं ६ बाट गठबन्धन दलबाट प्रतिनिधिसभामा उम्मेदवार रहेका नेता कोइरालाले विराटनगर–४ मा आज आयोजित चुनावीसभामा अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मविश्वास बलियो बनाएर अघि बढ्न आग्रह गरे।

उनले निर्वाचनमा विजयीपश्चात अपाङ्गता भएका व्यक्तिहरूलाई हरेक क्षेत्रमा प्रतिनिधित्व र पहुँचमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। प्रभावशाली नेता डा कोइरालाले अपाङ्गता भएका शिक्षित बेरोजगारलाई रोजगारी व्यवस्थापन गर्नुपर्नेमा जोड दिए। अपाङ्गता भएका व्यक्तिहरूलाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउन आफू लागि पर्ने उनले बताए। मोरङ क्षेत्र नम्बर ६ प्रदेशसभा (२) का उम्मेदवार एवं प्रदेश नं १ आन्तरिक मामिला कानुनमन्त्री केदार कार्कीले आपाङ्गमैत्री कानुन बनाएर हक अधिकार एवं रोजगारीका लागि कार्यान्वयन गर्ने बताए।

प्रकाशित मिति: २०:३३ बजे, मंगलबार, कात्तिक २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्