Kathmandu Press

बिए पहिलाे बर्षकाे नतिजा सार्वजनिक

बिए पहिलाे बर्षकाे नतिजा सार्वजनिक

काठमाडाैं, कात्तिक २९ : त्रिभुवन विश्वविद्यालयले स्नातक तह मानविकी तथा सामाजिकशास्त्र संकायको (चार वर्षे) प्रथम वर्ष २०७७ को नतिजा सार्वजनिक गरेको छ।

लामो समयदेखि रोकिएको नतिजा त्रि.विले मंगलबार सार्वजनिक गरेको हो। नतिजा हेर्न परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट www.tuexam.edu.np मार्फत हेर्न सकिन्छ।

परीक्षा नियन्त्रकले नतिजा प्रकाशित गरेपछि एक सूचना जारी गर्दै स्थगन/अनुपस्थित देखिएका परीक्षार्थीहरूले आफू अध्ययनरत क्याम्पस र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयबाट आफ्नो प्रवेशपत्र प्रमाणीकरण गराउन पनि भनेको छ।

प्रमाणीकरण गराई मंसिर १० गतेपछि कार्यालयको मानविकी गोप्य शाखामा सम्पर्क गर्न भनिएको छ।

स्नातक तह पहिलो वर्षको परीक्षा लिएको १६ महिना भइसक्दा पनि नतिजा सार्वजनिक नगरेपछि अखिल (क्रान्तिकारी)ले परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक गर्न माग गरेको थियो।

प्रकाशित मिति: १९:४१ बजे, मंगलबार, कात्तिक २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्