Kathmandu Press

काठमाडौं-८ : जीवनरामलाई एमालेको डर, गठबन्धनको भर

गठबन्धनका उम्मेदवार श्रेष्ठ र एमालेका शिवसुन्दर राजवैद्य दुबैको चुनौती सुमन सायमि
काठमाडौं-८ : जीवनरामलाई एमालेको डर, गठबन्धनको भर

काठमाडौं, कात्तिक २९ : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं काठमाडौंमा प्रतिनिधिसभा सदस्यका लागि दलका १६ र तीन स्वतन्त्र चुनावी मैदानमा उत्रिएका छन्। यहाँ एमालेका शिवसुन्दर राजवैद्य र नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठबीच मुख्य प्रतिस्पर्धामा हुने देखिएको छ।

लोकतान्त्रिक वाम गठबन्धनको साथ पाएका श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री पनि हुन्। श्रेष्ठ २०७४ को निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए। एमाले विभाजित भएर एकीकृत समाजवादी बन्दा उनी पनि त्यतै लागेका थिए। श्रेष्ठलाई आगामी चुनावमा एमालेका उम्मेदवार राजवैद्य मात्र नभई हाम्रो नेपाली पार्टीबाट उम्मेदवार रहेका सुमन सायमिले पनि चुनौती दिने देखिन्छ। 

२२ वर्षको उमेरमा नेपाल स्वतन्त्र मजदुर युनियनसँग जोडिएर राजनीतिमा होमिएका राजवैद्य पछि एमालेमा समाहित भएका हुन्। काठमाडौं ८ मा पटकपटक एमालेलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्दै आएका उनले २०७४ को निर्वाचनपछि काठमाडौं जिल्ला समन्वय परिषद (जिसस) प्रमुखको जिम्मेवारी सम्हाल्ने अवसर पाएका थिए। राजनीतिशास्त्रमा स्नातकोत्तर उनले ६५ वर्षका उनले यसपालि भने प्रतिनिधिसभा सदस्यका लागि पार्टीबाट टिकट पाएका छन्।

Hardik ivf

एमालेको मुख्य प्रतिस्पर्धी रहँदै आएको कांग्रेसबाट कोही उम्मेदवार नभएको मौकामा चुनावी बाजी मारेर संसदमा आफ्नो कुर्सी सुरक्षित गर्न राजवैद्य अहोरात्र जुटेका छन्। टिकट दिलाउन महत्वपूर्ण भूमिका खेल्ने एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राजवैद्यलाई सघाइरहेकी छन्। पार्टीले आफूलाई दिएको टिकट शाक्यले राजवैद्यलाई थमाएकी हुन्। २०७४ मा प्रदेशबाट चुनाव लड्न जानुअघि शाक्यले काठमाडौं ८ बाट चुनाव लड्ने गरेकी थिइन्। 

गत स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरका लागि उम्मेदवार बनेर राम्रै मत र चर्चा बटुलेका सायमि यसपालि हाम्रो नेपाली पार्टीबाट उम्मेदरवार बनेका हुन्। सायमि ठूला दलले पाउने मतलाई आफ्नो पोल्टामा पार्ने हिसाबले चुनावी मैदानमा जुटिरहेका छन्। उनले नजितेको अवस्थामा उनलाई प्राप्त हुने मत लोकतान्त्रिक वाम गठबन्धन वा एमालेकै उम्मेदवारको काटिने देखिन्छ। जसले मुख्य प्रतिस्पर्धी मानिएका श्रेष्ठ र मानन्धरको नतिजामा प्रभाव पर्न सक्ने आकलन गरिन्छ। 

२०७४ मा श्रेष्ठ निर्वाचित हुँदा झिनो मतान्तरले नेपाली कांग्रेसका नवीन्द्रराज जोशी पराजित भएका थिए। श्रेष्ठले १३ हजार ३९७ मत प्राप्त गर्दा जोशीले १२ हजार ९५३ मत ल्याएका थिए। जोशीको निधन भइसकेको छ। 

काठमाडौं ८ मा काठमाडौं महानगरपालिकाका ६ वटा वडा (१३, १५, १९, २०, २३ र २४) र नागार्जुन नगरपालिकाका दुईवटा वडा (४ र ५) पर्छन्। गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा वडाध्यक्षलाई प्राप्त मत गणना हेर्दा कांग्रेस १० हजार ८७२ मतका साथ पहिलो स्थानमा रहेको छ।

दोस्रो स्थानमा रहेको एमालेले ९ हजार २५३ मत ल्याएको छ। तेस्रो स्थानमा रहेको एकीकृत समाजवादीले ५ हजार १४२ मत पाएको छ। राप्रपाले ३ हजार २४०, स्वतन्त्रले १ हजार ३७ र माओवादी केन्द्रले १४२ मत पाएका छन्।

यस आधारमा हेर्दा श्रेष्ठ त्यति बलिया उम्मेदवार होइनन्। तर उनलाई जित्न सत्ता गठबन्धनको समर्थन फलदायी हुन सक्छ। खासगरी उनको जित कांग्रेसका मतदातामा निर्भर देखिन्छ। कांग्रेसको सबै मत उनको पोल्टामा आउँछ भन्नेमा उनी विश्वस्त देखिन्छन्। राजवैद्य भने कांग्रेसका स्थानीय निर्वाचनका मतदाताले यसपालि शतप्रतिशत रूपमा मत श्रेष्ठलाई नदिने भएकाले आफूले जित्ने दाबी गर्छन्। साना दलका साथै स्वतन्त्रका उम्मेदवारहरूले मतदमतमलमई कति प्रभावित गर्न सक्छन् भन्ने विषयले पनि नतिजा तलमाथि पार्नका लागि अर्थपूर्ण भूमिका खेल्ने बताइन्छ। 

सो क्षेत्रमा चर्चामा रहेका श्रेष्ठ, राजवैद्य र सायमिसँगै जनता समाजवादी पार्टी (जसपा) बाट मनोजकुमार खड्गी (नेवाः), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रकाश रिमाल, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट कृष्णमाया मानन्धर, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट सन्तोष देउला, जनमत पार्टीबाट शान्तबहादुर शाक्य लगायतले उम्मेदवार छन्। स्वतन्त्रतर्फ भने दुर्गा देवी महर्जन, दीपक प्रसाद खनाल, हेमराज बराल पनि चुनावी मैदानमा छन्। 

याे पनि

काठमाडौं–१ : चौथो जितको दाउमा रहेका सिंहलाई मिश्र र कँडेल चुनौती 

काठमाडौं–२ : एमालेका स्थानीय उम्मेदवारसँगको प्रतिस्पर्धामा ओनसरी कति सुरक्षित ?

काठमाडौं–३ : बजगाईँले उम्मेदवारी निष्क्रिय गरेपछि गठबन्धनका चालिसेलाई सहज 

काठमाडौं–४ : गठबन्धनले गगन ढुक्क, एमालेकै गढमा राजन असुरक्षित

काठमाडौं–५ : कांग्रेसको विरासत फिर्ता गर्न पौडेललाई कति सहज ?

काठमाडौं–६ : ह्याट्रिक गर्ने प्रधानको दाउ, पहिलोपटक संसद छिर्ने पूर्वआइजिपी खनालको प्रयत्न  

काठमाडौं ७ : दुई पूर्वमन्त्री र पाका नेता घिमिरे मानुषीका चुनौती

 

प्रकाशित मिति: १६:४१ बजे, मंगलबार, कात्तिक २९, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्