थप १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, कात्तिक २९ : नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ८ सय ६४ पिसिआर परिक्षणका क्रममा १२ जना र ४ सय ६६ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु भएको छैन ।
त्यस्तै थप २० संक्रमित निको भएका छन् । हाल नेपालमा ४ सय ९१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: १६:३१ बजे, मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












