कपडा पसलमा आगलागी, एक करोड बराबरको क्षति
पूर्व–पश्चिम राजमार्गअन्तर्गतको मुक्तिचोक पूर्वोत्तर धरान टेलर्सको माथिल्लो तल्लामा रहेको ‘वङ्ल रेडिमेट’ पसलमा आगलागी भएको हो।
झापा, कात्तिक २९ : झापाको बिर्तामोडस्थित प्रसाईँ मार्केटमा आज बिहान आगलागी भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गतको मुक्तिचोक पूर्वोत्तर धरान टेलर्सको माथिल्लो तल्लामा रहेको ‘वङ्ल रेडिमेट’ पसलमा आगलागी भएको हो।
राजु वंशलले सञ्चालनमा ल्याएको सो कपडा पसलमा आगलागी हुँदा एक करोड भन्दाबढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ ।
बिर्तामोड नगरपालिकाको वारुणयन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए।
प्रकाशित मिति: १०:१८ बजे, मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












