Kathmandu Press

तेस्रोलिंगीलाई बन्दसूचीबाट हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश

न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले सोमबार निर्वाचन आयोगको उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो।
तेस्रोलिंगीलाई बन्दसूचीबाट हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं, कात्तिक २८ : सर्वोच्च अदालतले लैंगिक पहिचान फरक परेका कारण तेस्रोलिंगीलाई समानुपातिकतर्फको बन्दसूचीबाट नाम हटाउने निर्णय हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले सोमबार निर्वाचन आयोगको उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो।

‘लैंगिक तथा अल्पसंख्यकले मानसिक पीडा भोग्नुपर्ने अवस्था समेतलाई मध्यनजर गर्दा सो कार्य तत्काल रोक्नु आवश्यक देखिँदा अन्य कुरामा पछि ठहरेबमोजिम हुने गरी हाल निवेदनको नाम प्रनिनिधिसभाको समानुपातिकतर्फको बन्दसूचीबाट हटाउनेसम्बन्धी निर्णय र पत्राचारसमेत कार्यान्वयन नगरी बन्दसूचीमा यथावत् राख्नू,’ अन्तरिम आदेशमा भनिएको छ।

आयोगले बन्दसूची र नागरिकतामा लैंगिक पहिचान फरक परेका प्रतिनिधिसभाका १७ र प्रदेशसभाका २० गरी ३७ जना उम्मेदवारको नाम समानुपातिकतर्फको बन्दसूचीबाट हटाएको थियो ।

नेकपा एकीकृत समाजवादीले तेस्रोलिंगी पहिचानमा नागरिकता लिएकी डिलु बुदुजा नाम बन्दसूचीमा राखेको थियो । आयोगले बन्दसूचीबाट नाम हटाउने निर्णयविरुद्ध एकीकृत समाजवादीले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।

रिट निवेदनमा गैरकानुनीरूपमा बन्दसूचीबाट उम्मेदवारी हटाउने निर्णय प्राकृतिक न्यायको सिद्धान्त विपरीत भएकाले आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गरिएको थियो।

प्रकाशित मिति: २०:२६ बजे, सोमबार, कात्तिक २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्