Kathmandu Press

नक्कली सुन धितो राखेर ऋण निकाल्ने अभियुक्त पक्राउ

उनले नक्कली सुनर राखेर पोखराको बिरौटास्थित वाणिज्य बैंकको शाखाबाट १६ लाख ६० हजार र पृथ्वीचोकस्थित शाखाबाट ७ लाख ४५ हजार रुपैयाँ ऋण लिएको प्रहरीले जनाएको छ।
नक्कली सुन धितो राखेर ऋण निकाल्ने अभियुक्त पक्राउ

काठमाडौं, कात्तिक २८ : नक्कली सुन धितो राखेर २४ लाख रुपैया ऋण लिने व्यक्ति पक्राउ परेका छन्।

पोखराको राष्ट्रिय वाणिज्य बैंकमा नक्कली सुन धितो राखेर २४ लाख रुपैयाँ ऋण निकालेका पर्वतको कुश्मा घर भई पोखरा महानगरपालिका–२५ सराङकोटका २५ वर्षीय अभिषेक सुनारलाई प्रहरीले पक्राउ गरेको हो।

उनले  नक्कली सुनर राखेर पोखराको बिरौटास्थित वाणिज्य बैंकको शाखाबाट १६ लाख ६० हजार र पृथ्वीचोकस्थित शाखाबाट ७ लाख ४५ हजार रुपैयाँ ऋण लिएको प्रहरीले जनाएको छ।

ऋणको किस्ता तिर्न नआएपछि सुन जाँच गर्दा नक्कली भएको खुलेको थियो । उनी अहिले हिरासतमा छन्।

सुनारलाई जिल्ला अदालत कास्कीबाट ठगी, आपराधिक विश्वास घात तथा आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान गर्न ५ दिन हिरासतमा राख्न अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १९:०१ बजे, सोमबार, कात्तिक २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्