थप ९ जनामा कोरोना संक्रमण पुष्टि
देशभर गरिएको ६ सय ७२ पिसिआर परीक्षणका क्रममा ८ जना र ७ सय ५३ एन्टिजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
काठमाडाैं, कात्तिक २८ : नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
देशभर गरिएको ६ सय ७२ पिसिआर परीक्षणका क्रममा ८ जना र ७ सय ५३ एन्टिजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कोरोनाका कारण थप कसैको पनि मृत्यु भएको छैन भने २३ संक्रिय संक्रमित कोरोनामुक्त भएका छन्।
हाल नेपालमा ४ सय ९९ सक्रिय संक्रमित आइसाेलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:३७ बजे, सोमबार, कात्तिक २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार