Kathmandu Press

काठमाडौं ७ : दुई पूर्वमन्त्री र पाका नेता घिमिरे मानुषीका चुनौती

गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएकाे मत जाेड्दा काठमाडौं ७ मा नेपाली कांग्रेस अघि छ। तर त्यहाँ कांग्रेसकाे उम्मेदवार छैन।
काठमाडौं ७ : दुई पूर्वमन्त्री र पाका नेता घिमिरे मानुषीका चुनौती

काठमाडाैं, कात्तिक २८ : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं ७ को चुनावी माहोल तातिएको छ। दलबाट १३ र स्वतन्त्रबाट १६ गरी २९ उम्मेदवार प्रतिस्पर्धामा भए पनि चारजनाको नाम निकै चर्चामा छ।

माओवादी केन्द्रबाट उम्मेदवारी दिएकी अस्मिता सिंह (मानुषी) यमी भट्टराई संसद्को यात्रा गर्ने ध्याउन्नमा चुनावी अभियान अघि बढाइरहेकी छन्। सो क्षेत्रबाट उनले संसदीय यात्रा तय गर्न उनलाई तीन पाका नेताहरूलाई किनारा लाउनुपर्ने देखिन्छ। सबैभन्दा बढी स्वतन्त्र उम्मेदवार क्षेत्र भएकाले मत तितरबितर हुन सक्ने सम्भावना पनि त्यत्तिकै छ। मानुषीका लागि मुख्य प्रतिस्पर्धामा एमालेका श्यामकुमार घिमिरे, जनता समाजवादी पार्टी (जसपा) का राजेन्द्रप्रसाद श्रेष्ठ र एमालेको बागी मानिएका स्वतन्त्र उम्मेदवार रामवीर मानन्धर छन्। 

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र पूर्वमन्त्री हिसिला यमीकी छोरी मानुषी माओवादी केन्द्रबाट लोकतान्त्रिक वाम गठबन्धनको उम्मेदवार बनेकी हुन्। तालमेलका क्रममा माओवादी केन्द्रको भागमा परेको यो क्षेत्रमा मानुषीले टिकट पाएकी हुन्। उनलाई गठबन्धनको साथ छ। आफ्नै परिचयबाट चिनिएर काठमाडौं ७ लाई पनि चिनाउन आफू लागिपरेको उनले बताउने गरेकी छन्। तर यो क्षेत्रमा माओवादी केन्द्र भने कमजोर दलका रूपमा रहेको छ। मानुषीलाई चुनाव जित्न मुख्यतः कांग्रेसको बल आवश्यक देखिन्छ। गठबन्धन रहेकाले कांग्रेस र नेकपा एकीकृत समाजवादीको मत आउनेमा उनी ढुक्क छिन्। 

Hardik ivf

यसअघि काठमाडौं ७ मा सांसद रहेका मानन्धर स्वतन्त्रबाट लिएर उठेका छन्। एमालेले आफूलाई लत्याएर घिमिरेलाई अघि सारेको भन्दै उनले बागीका रूपमा उम्मेदवारी दिएका हुन्। आफू पहिले सांसद हुँदा थालेका कामलाई पूर्णता दिने र अरू थप कार्यक्रम ल्याएर क्षेत्रको विकास गर्ने भन्दै उनी घरदैलो गरेर मत मागिरहेका छन्। पूर्वराज्यमन्त्रीसमेत रहेका मानन्धरको उम्मेदवारीले उनको पूर्वपार्टी एमालेलाई घाटा पर्ने देखिन्छ।

२०७४ मा काठमाडौं ७ मा एमालेका ५४ वर्षीय रामवीर मानन्धर फराकिलो मतले निर्वाचित भएका थिए। राप्रपाका विक्रमबहादुर उनका निकटतम प्रतिस्पर्धी थिए। मानन्धरले १८ हजार १०२ मत प्राप्त गर्दा थापाले १० हजार ७९ मतमै चित्त बुझाउनुपरेको थियो। 

एमालेका घिमिरे पुराना र त्यागी कम्युनिस्ट नेताका रूपमा चिनिन्छन्। कांग्रेसको उम्मेदवार नभएपछि यो क्षेत्रमा घिमिरे जित निकाल्ने दाउमा छन्। कांग्रेसजन सबकैले मानुषीलाई मत नदिने भएकाले आफू जित्ने दाबी घिमिरेले गरेका छन्। खास कार्यकर्तालाई पाखा लगाएर मानुषीलाई टिकट दिएको यो क्षेत्रका पुराना माओवादी नेता–कार्यकर्ता असन्तुष्ट छन्। यसको फाइदा घिमिरेलाई हुने देखिन्छ।

जसपा उम्मेदवार राजेन्द्र श्रेष्ठले २०६४ अघि भएका निर्वाचनहरूमा यो क्षेत्रबाट जित्दै आएका थिए। पहिला एमालेमा भए पनि पार्टी परिवर्तन गरिरहेका कारण उनको प्रभाव तुलनात्मक रूपमा घटेको छ। यो क्षेत्रमा जसपा निकै कमजोर रहेकाले उनलाई गाह्रो पर्ने देखिन्छ। उनले व्यक्तिगत प्रभावका आधारमा र मन्त्री हुँदा गरेका कामका आधारमा अरूको मत तान्न सक्ने सम्भावना भने जीवितै छ।

काठमाडौं ७ मा काठमाडौं महानगरपालिकाका चारवटा वटा (१६, १७, १८ र २५), तारकेश्वर नगरपालिकाका तीनवटा वडा (३, ४ र ५) र नागार्जुन नगरपालिकाका तीनवटा वडा (१, २ र ३) पर्छन्। सो क्षेत्रमा ३९ हजार ९४४ मतदाता छन्।
गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएकाे मत जाेड्दा काठमाडौं ७ मा नेपाली कांग्रेस अघि छ। तर त्यहाँ कांग्रेसकाे उम्मेदवार छैन।

कांग्रेसले १४ हजार १६७ मत पाएको छ। एमालेले १२ हजार २०२ मत प्राप्त गरेको छ। यता गठबन्धनमा आबद्ध दल नेकपा एकीकृत समाजवादीको मत ३ हजार ८३९ छ। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २ हजार २७ मत छ। गठबन्धनकै माओवादी केन्द्र र गठबन्धन छाडेर आंशिक रूपमा एमालेसँग तालमेल गरेको जसपाको मत हजारभन्दा मुनि छ। गत स्थानीय निर्वाचनमा माओवादीले ५७६ र जसपाले १६२ मात्रै ल्याएका छन्।

यसरी मतका आधारमा कांग्रेस एक्लै पनि बलियो देखिन्छ। तर उसको उम्मेदवार छैन। गठबन्धनमा आबद्ध दलको मत जोड्दा मानुषी बलियो दाबेदारका रूपमा देखिन्छन्। कांग्रेसले सघाए उनको जित निश्चित देखिन्छ। मानुषीको जित र हारमा कांग्रेस निर्णायक देखिन्छ।

यीबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टीका किरण महर्जन, हाम्रो नेपाली पार्टीका प्रवेन्द्र पोखरेल, नेपालका लागि नेपाली पार्टीका राम नेपाली, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट कुमार खाकी श्रेष्ठलगायत चुनावी मैदानमा छन्। स्वतन्त्रबाट राजकुमार कोइराला, हेमबहादुर ढुंगेल, प्रसन्नकुमार अर्याल, भरत तामाङ, लक्ष्मणप्रसाद गजुरेल, ईश्वर अर्याल, जानुका पौडेल, मञ्जु माया तामाङ, प्रकाश कुँवर, यादवलाल कायस्थ, लोकप्रसाद सिंखडा, रवीन्द्रकुमार श्रेष्ठ, सुजनरत्न बज्राचार्य, रोजिना अवाले, किरण केसी उम्मेदवार छन्। 

याे पनि ः 

 

काठमाडौं–१ : चौथो जितको दाउमा रहेका सिंहलाई मिश्र र कँडेल चुनौती 

काठमाडौं–२ : एमालेका स्थानीय उम्मेदवारसँगको प्रतिस्पर्धामा ओनसरी कति सुरक्षित ?

काठमाडौं–४ : गठबन्धनले गगन ढुक्क, एमालेकै गढमा राजन असुरक्षित

काठमाडौं–५ : कांग्रेसको विरासत फिर्ता गर्न पौडेललाई कति सहज ?

काठमाडौं–६ : ह्याट्रिक गर्ने प्रधानको दाउ, पहिलोपटक संसद छिर्ने पूर्वआइजिपी खनालको प्रयत्न  

प्रकाशित मिति: १४:२९ बजे, सोमबार, कात्तिक २८, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्