Kathmandu Press

ललितपुरको नक्खुमा एक पुरुष मृत भेटिए

ती पुरुष रामेछाप घर भई नक्खुमा बालुवा डिपो सञ्चालन गर्दै आएका ३९ वर्षीय राजन बस्नेत रहेको प्रहरीले जानकारी दिएको छ।
ललितपुरको नक्खुमा एक पुरुष मृत भेटिए

ललितपुर, कात्तिक २८ : ललितपुरको नक्खुमा एक पुरुष मृत भेटिएका छन्।

ती पुरुष रामेछाप घर भई नक्खुमा बालुवा डिपो सञ्चालन गर्दै आएका ३९ वर्षीय राजन बस्नेत रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार बस्नेतको टाउकामा चोट लागेको छ। उक्त चोट कसरी लाग्यो र सोही चोटकै मृत्यु भएको हो वपा अन्य कारण छन् भनेर अनुसन्धान भइरहेको जनाइएको छ।

शव पोस्टमार्टमका लागि पाटन अस्पताल पठाएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १४:०३ बजे, सोमबार, कात्तिक २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्