लोगो डिजाइन गरेर एक लाख जित्नुस्
महानगरको लोगो निर्माण गरी प्रयोगमा ल्याउनका लागि महानगरले यसको डिजाइनका लागि आह्वान गरेको हो । लोगो डिजाइन गरेर २१ दिनभित्र पठाउन सकिनेछ । छनोट भएको लोगोलाई एक लाख रुपैयाँ पुरस्कार दिइने महानगरले जनाएको छ ।
काठमाडौं, कात्तिक २८ : विराटनगर महानगरपालिकाले महानगरको प्रतीक चिह्न (लोगो) डिजाइनका लागि आह्वान गरेको छ ।
महानगरको लोगो निर्माण गरी प्रयोगमा ल्याउनका लागि महानगरले यसको डिजाइनका लागि आह्वान गरेको हो । लोगो डिजाइन गरेर २१ दिनभित्र पठाउन सकिनेछ । छनोट भएको लोगोलाई एक लाख रुपैयाँ पुरस्कार दिइने महानगरले जनाएको छ ।
लोगो विराटनगर महानगरपालिकाको ऐतिहासिक, भौगोलिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक एवम् विशिष्ट मौलिक पहिचान झल्कने हुनुपर्ने, महानगरपालिकाको नाम समावेश हुनुपर्ने, लोगोमा कुनै पनि धार्मिक, जातीय तथा साम्प्रदायिक विभेद झल्कने, सामाजिक सद्भावमा खलल पुग्ने तथा नेपालको सार्वभौमिकता, एकता र अखण्डतामा प्रतिकूल असर गर्ने संकेत प्रयोग गर्न पाइने छैन ।
प्रयोग गरिएका संकेतहरूको संक्षिप्त व्याख्या समेत गर्नुपर्नेछ । अन्यत्रबाट नक्कल गरिएको हुनु हुने छैन । प्राप्त भएको लोगोमा आवश्यक परिमार्जन गर्न आग्रह गरिएमा सो अनुसार परिमार्जन गरिदिनुपर्ने महानगरपालिकाले स्पष्ट पारेको छ ।