Kathmandu Press

एनआरएनएको सहयोगमा भूकम्प पीडितलाई राहत वितरण

एनआरएनएको सहयोगमा भूकम्प पीडितलाई राहत वितरण

काठमाडाैं, कात्तिक २७ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले डोटीका भूकम्प पीडितलाई राहत सामग्री वितरण गरेको छ। एनआरएनएको आयोजना तथा कैलाली उद्योग वाणिज्य सङ्घ र डोटी उद्योग वाणिज्य सङ्घको संयुक्त सहकार्यमा भूकम्प पीडितलाई राहत सामग्री वितरण गरिएको हो।

जिल्ला विपत् व्यवस्थापन समितिमार्फत भूकम्प पीडितलाई रु साढे तीन लाखभन्दा बढी बराबरको राहत सामग्री सहयोग गरिएको एनआरएनएका कार्यकारी अध्यक्ष रवीना थापाले जानकारी दिए। एनआरएनएले खाद्यान्न र लत्ताकपडा उपलब्ध गराएको छ। एनआरएनएले २०७२ सालको गोरखा भूकम्पबाट पीडितलाई विभिन्न जिल्लामा सहयोग गरेको थियो। यही कात्तिक २२ गते गएको भूकम्पबाट डोटीमा ६ जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति: २०:१३ बजे, आइतबार, कात्तिक २७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्