Kathmandu Press

ज्ञानेन्द्रको शतकमा काठमाडौं १०६ रनले विजयी

पोखरा, पुस २ : पोखरा प्रिमियर लिग (पीपीएल)अन्तर्गत आज भएको पहिलो खेलमा काठमाडौं गोल्डेन वारियर्सले इक्सपर्ट धनगढीलाई एक सय ६ रनले पराजित गरेको छ।

....
ज्ञानेन्द्रको शतकमा काठमाडौं १०६ रनले विजयी

पोखरा, पुस २ : पोखरा प्रिमियर लिग (पीपीएल)अन्तर्गत आज भएको पहिलो खेलमा काठमाडौं गोल्डेन वारियर्सले इक्सपर्ट धनगढीलाई एक सय ६ रनले पराजित गरेको छ।

एक सय ८६ रनको लक्ष्य पछ्याउने क्रममा धनगढी ७९ रनमै खुम्चियो। धनगढीका लागि श्रीमन्थ विजयरत्नेले १५ र रोड्रिगो थोमसले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

काठमाडौंका लागि बसन्त रेग्मीले तीन, सुवोध भाटी र पवन सर्राफले दुई–दुई तथा अमृत भट्टराई र सुशन भारीले एक–एक विकेट लिए।

यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको काडमाडौंले  कप्तान ज्ञानेन्द्र मल्लको शतकमा एक सय ८५ रन बनाएको थियो। काठमाडौंका लागि जयक्रिसन कोसवालले ४६, अमित श्रेष्ठले ३४ रनको योगदान दिए।

ईक्सपर्ट धनगढीका लागि कमलसिंह ऐरीले चार र सागर ढकालले एक विकेट लिए। अन्य बलर भने महंगा सावित भए।

प्रकाशित मिति: १३:५२ बजे, बुधबार, पुस २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्