Kathmandu Press

निर्वाचन नजिकिएसँगै सवारीसाधनकाे बुकिङ बढ्यो

निर्वाचन आउन एक हप्ता समय बाँकी हुँदा काठमाडौँबाट विभिन्न गन्तव्यमा भोट हाल्न जानेहरुको सङ्ख्या बढेपछि टिकट बुकिङ बढेको हो। 
निर्वाचन नजिकिएसँगै सवारीसाधनकाे बुकिङ बढ्यो

काठमाडौं, कात्तिक २७ : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै सार्वजनिक यातायातको माग बढेको छ।

निर्वाचन आउन एक हप्ता समय बाँकी हुँदा काठमाडौँबाट विभिन्न गन्तव्यमा भोट हाल्न जानेहरुको सङ्ख्या बढेपछि टिकट बुकिङ बढेको हो। 

नेपाल यातायात व्यवसाय राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले निर्वाचनमा मतदाता गाउँसम्म लैजान बस बुकिङका लागि राजनीतिक दलका उम्मेदवार, नेता तथा कार्यकताएले धमाधम बुकिङ गरेको जानकारी दिए। 

'मतदातालाई गाउँमा भोट हाल्न लैजाने भन्दै विभिन्न पार्टीका नेता तथा उम्मेदवारले व्यवसायी र महासङ्घमा फोन गरेर बस बुकिङ गरिरहनुभएको छ,' उनले भने।

महासंघले गतहप्ता निर्वाचनमा खटिएका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका लागि २ सय ८५ बस उपलब्ध गराएको थियो।

प्रकाशित मिति: १३:०५ बजे, आइतबार, कात्तिक २७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्