Kathmandu Press

दुर्घटनामा एकको मृत्यु

पराल बोकेर टारीबाट अर्यालगाउँतर्फ जाँदै गरेको ग १ ज ५५८० नंको बुलेरो सडकबाट खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा एकको मृत्यु

काठमाडौं, कात्तिक २७ : धादिङको ज्वालामुखी गाउँपालिका–४ खरीमा गए राति बुलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  

पराल बोकेर टारीबाट अर्यालगाउँतर्फ जाँदै गरेको ग १ ज ५५८० नंको बुलेरो सडकबाट खसेर दुर्घटना भएको थियो ।

Hardik ivf

दुर्घटनामा ज्वालामुखी–४का ३५ वर्षीय उत्तम अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।

दुर्घटनामा चालक सहित पाँच जना घाइते भएका छन् । घाइतेको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: ०७:३५ बजे, आइतबार, कात्तिक २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्