Kathmandu Press

शिक्षकको मर्यादाक्रम चाँडै टुङ्गिन्छ : शिक्षामन्त्री पौडेल

शिक्षकको मर्यादाक्रम चाँडै टुङ्गिन्छ : शिक्षामन्त्री पौडेल
Hardik ivf

गलकाेट, कात्तिक २६ : नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकको मर्यादाक्रम चाँडै टुङ्गोमा पुग्ने बताएका छन। उनले सङ्घीय शिक्षा ऐन विधायन समितिमा पुगेकाले मर्यादाक्रमको टुङ्गो चाँडै टुङ्गो लाग्ने बताए। आज गलकोट र बुर्तिबाङमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारसँग शैक्षिक तथा पेशागत अन्तक्र्रियामा उनले सङ्घीय शिक्षा ऐन विद्यायन समितिमा पुगेको भन्दै त्यो सरकारको सम्पत्तिका रुपमा रहेको बताए।

उनले शिक्षकको मर्यादाक्रमको फाइल अघि बढाएको बताउँदै गृह मन्त्रालयसँग समन्वयगरी चाँडै टुङ्ग्याइने जानकारी दिए। उनी शिक्षकको तलब सुविधा, मर्यादाक्रमका विषयमा आफूले पहल गरिरहेको बताउँदै शिक्षकलाई ढुक्क हुन आग्रह गरे। मन्त्री पौडेलले आफूले शिक्षामा त्रिपक्षीय सुधार गरेको बताए। उनले शिक्षामा भौतिक, कानुनी र गुणस्तर सुधार गर्न आफू लागिपरेको बताए।  

सरकारले १० वर्षे विद्यालय सुधार योजना कार्यक्रमलाई अघि बढाएको बताउँदै  शिक्षकको वृत्तिविकासमा शिक्षा मन्त्रालय संवेदनशील रहेको उनको भनाइ छ। मन्त्री पौडेलले १८ वर्षदेखि रोकिएको शिक्षकको आन्तरिक बढुवाका लागि विज्ञापन खुलाएर अन्तिम चरणमा पुर्‍याएको बताए। मन्त्री पौडेलले विद्यालय समायोजनको प्रक्रिया अगाडि बढाइएको उल्लेख गर्दै अतिन्यून विद्यार्थी भएका विद्यालयको पहिचान गरी अन्य विद्यालयसँग गाभिने उनको भनाइ छ।

प्रकाशित मिति: २०:४७ बजे, शनिबार, कात्तिक २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्