निष्ठाको राजनीति गर्न मेरो उम्मेदवारी : हुँमागाई
क्षेत्र नं. २ को ६६ वटा वडाहरुमा संघबाट केही पनि योजना आएको नपाएको उल्लेख गर्दै उनले नियमति प्राप्त हुने बजेटबाहेक केही पनि थप नपाएको बताए।1668256975.jpg)
बनेपा, कात्तिक २६ : नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा काभ्रे क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शिवप्रसाद हुँमागाईले निष्ठाको राजनीति गर्न आफूले उम्मेदावरी दिएकाे बताएका छन्।
बौद्धिक समूह काभ्रेपलाञ्चोकले शनिबार बनेपामा आयोजना गरेकाे बौद्धिक समूह भेलामा नेता हुँमागाईले काभ्रेको पछिल्लो समयमा गोकुल बास्कोटाको अडियो बाहिरीएसँगै काभ्रेलीहरूको अनुहारमा लागेकाे धब्बा मेटाउनका लागि लोकतान्त्रिक बाम गठबन्धन गरेर निर्वाचनमा उभिएको बताए।
उनले सत्यको पक्षमा लडेको र विभिन्न आन्दोलन र क्रान्तिबाट प्राप्त गरेको उपलब्धी गुमाउने गरी गरेको कार्यको बारेमा प्रस्ट पार्दै बौद्धिक जगतले त्यस विषयमा सोच्नुपर्ने वेला आएको बताए।
‘यदी आफ्नो विषयमा अडियो बाहिरीएको भए आज राजनीतिमा नै हुने थिइनँ,’ उनले भने, ‘शिर उठाएर हिड्न नसक्ने अवस्थामा पुर्याए पनि तिनका समर्थकहरु सञ्चारमाध्यममा आउने र मत माग्ने काम गर्दै त्यो छोप्नको लागि विकासको खोल ओढिएको छ।’
क्षेत्र नं. २ को ६६ वटा वडाहरुमा संघबाट केही पनि योजना आएको नपाएको उल्लेख गर्दै उनले नियमति प्राप्त हुने बजेटबाहेक केही पनि थप नपाएको बताए।
उनले कांग्रेस र कम्युनिष्टको नाममा निष्ठा, नैतिकता, त्याग तपश्या, बलिदान, आदर्श सिद्धान्त र अधिकारको लागि जीवनभरि लड्दै आएको वइक्तिहरु भएको दावी गरे। नेपाली माटोमा कही पनि दाग नलाग्ने गरी हिड्ने पात्रको रुपमा उभिन आफ्नो उम्मेदवारी भएको उनले बताए।

कार्यक्रममा नेकपा (एकीकृत समाजदावी)का केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ अन्तर्गत प्रदेश सभा १ का लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार लक्ष्मण लम्सालले सांसदहरुको काम विकास र समृद्धिको लागि नीति, विधि र योजना तयार गर्ने भन्दा पनि विकासे नेताको रुपमा मात्रै हेरेको बताउँदै अब त्यसलाई बौद्धिक समुदायले नीतिगत रुपमा नै हेर्न आवश्यक रहेको बताए।
उनले शिक्षा क्षेत्रमा भएको समस्या समाधानको लागि नीति निर्माणको तहमा खेल्ने भूमिका र ऐन, नियम र कानुन बनाउने ठाउँमा आफु दृढ भएर उभिने प्रतिबद्धता व्यक्त गरे।
समाजलाई नेतृत्व गर्ने नै बौद्धिक मान्छे भएकाले विचार, पक्षधरता र दृष्टिकोण भएकाले उनीहरु नै हात बाँधेर बसेको खण्डमा राम्रो मान्छे र पात्रले जित्ने अवस्था नरहने भएकाले बौद्धिक समूह पनि जाग्नुपर्ने वेला आएको उनको भनाई छ।
यस्तै, पूर्वराज्यमन्त्री एवं प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ अन्तर्गत प्रदेश सभा २ का लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार कञ्चनचन्त्रद्र बादे श्रेष्ठले निर्वाचनमा बौद्धिक व्यक्तिहरुले समाजमा प्रस्ट कुरा राखेर समाजलाई उचित ढंगले डोर्याउन आवश्यक रहेको बताए।
संविानको अपनत्व नचाहनेहरुबाट नै आजको अवस्थामा आएको बताउँदै त्यसबाट मुक्ति पाउनका लागि पनि गठबन्धनको उम्मेदवार विजयी अनिवार्य भएको उनले बताए।
कार्यक्रममा काभ्रै बहुमुखी क्याम्पसका प्रमुख केजी वैदारले बौद्धिक वर्गहरु सधैं प्रजातन्त्र, राष्ट्रियता र समुनत नेपाको पक्षमा रहेको बताए। उनले जिल्लामा केही उम्मेदवारले विकासवादी नेताको रुपमा उभ्याउँदै विकासको नाममा भ्रम सिर्जना गर्ने काम भइरहेको बताए।












