Kathmandu Press

थप ८ जनामा कोरोना संक्रमण पुष्टि

देशभर गरिएको ६८० पिसिआर परिक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
थप ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, कात्तिक २६ : नेपालमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ६८० पिसिआर परिक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ११ लाख ५२ हजार ९८५ पुगेको छ।

कोरोनाका कारण शनिबार पनि कसैको पनि मृत्यु भएको छैन भने थप २४ संक्रमित निको भएका छन्। हाल नेपालमा ५ सय ३० सक्रिय संक्रमित आइशोलेनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १६:५२ बजे, शनिबार, कात्तिक २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्